शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सामान्य लक्ष्य पछ्याउन नसक्दा नेपाल केन्यासँग पराजित

एक्सप्रेस पाना
भाद्र १३, २०७९ सोमबार
  • 374
    SHARES
  • सामान्य लक्ष्य पछ्याउन नसक्दा नेपाल केन्यासँग पराजित

    भदौ १३ काठमाडौं । घरेलु टोली केन्या विरुद्धको ५ खेलको टि२० सिरिज अन्तर्गत चौथो खेलमा नेपालले ७ रनले पराजित भएको छ ।

    images

    केन्याले दिएको १०२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्रै बनाउन सक्यो । नेपालको रोहित पौडेलबाहेक नेपाली ब्याट्सम्यान ले राम्रो प्रदर्शन गर्न सकेनन्। रोहितले ५५ बलमा दुई चौका र दुई छक्कासहित ४७ रन बनाए भने बाँकी खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्। नेपालले सर्वाधिक धेरै १५७ रनको लक्ष्य पछ्याएको भोलिपल्ट नै त्यहि टिमसँग ९४ रनमा समेटिएको हो।

    नेपालविरुद्ध केन्याका राकेप पटेलले तीन विकेट लिए भने इलिज ओतिइनो, सेम एकओची र भ्रज पटेलले समान २/२ विकेट लिए।

    images

    त्यसअघि नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाए पछि नेपालले १०२ रनको लक्ष्य पाएको हो ।

    नेपालका लागि कप्तान सन्दीप लामिछाने सर्वाधिक ५ विकेट लिए भने मोहम्मद आदिल आलमले २ विकेट लिँदा साहब आलम र दिपेन्द्र सिंह एैरीले समान १/१ विकेट लिए ।

    चौथो खेलमा नेपालले हार बेहोरे पछि सिरिज २-२ को बराबरी भएको छ। सिरिजको अन्तिम खेल मंगलबार हुनेछ। सो खेलमा जित निकाल्ने टिमले सिरिज जित्‍नेछ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट