शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकपको ट्रफी काठमाडौंमा, भोलिबाट प्रदर्शन गरिने

एक्सप्रेस पाना
भाद्र १३, २०७९ सोमबार
  • 259
    SHARES
  • विश्वकपको ट्रफी काठमाडौंमा, भोलिबाट प्रदर्शन गरिने

    भदौ १३ काठमाडौं । यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टि२० विश्वकप क्रिकेटको ट्रफी काठमाडौंमा आईपुगेको छ । 

    images

    नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार पत्रकार सम्मेलन गर्दै विश्वकप ट्रफी नेपाल आईपुगेको जानकारी गराएको हो । क्यानका जनरल म्यानेजर वृतान्त खनालले ट्रफीको प्रदर्शनी भोलि मंगलबारदेखि सुरु गरिने जानकारी गराएका हुन् । दुई दिनसम्म नेपालमा प्रदर्शन गरिने ट्रफी विभिन्न ठाउँमा लगिने छ ।

    No description available.

    images

    कहाँ कहाँ हुँदैछ ट्रफीको प्रदर्शनी ?
    खनालका अनुसार मंगलबार बिहान ट्रफी सोलुखुम्बु जिल्लामा रहेको गोक्यो ताल र सगरमाथाको शिविरमा राखिनेछ । भने दिउँसो समय अनुकुल भएमा राष्ट्रपति वा प्रधानमन्त्री कार्यलय लैजाने कार्यक्रम छ । मंगलबार बेलुका नै क्यानले क्रिकेट सम्बन्धित व्यक्ति र प्रायोजकमाझ ट्रफीसहित डिनर आयोजना गर्दैछ ।

    बुधबार ट्रफीको सार्वजनिक प्रदर्शनी हुनेछ । विहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा आम नागरिकमाझ अवलोकनका लागि खुल्ला राखिनेछ । नेपाली युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यसहित ट्रफी नेपाल ल्याइएको खनालले बताए । क्रिकेट प्रवर्द्धनको लक्ष्यसहित ट्रफी भ्रमण नेपाल ल्याएको उनले जानकारी दिए ।

    No description available.

    ट्रफी टुरमा नेपालका पूर्व अलराउन्डर महेबुब आलम सहभागी हुनेछन् । विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याईएको हो । यस अघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याईएको थियो । टि२० विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याईएको हो । विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याईएको हो । 

    ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिदैछ । उक्त ट्रफीलाई निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको छ । अष्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट