शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एएफसीद्वारा एन्फालाई ७ हजार अमेरिकी डलर जरीवाना

एक्सप्रेस पाना
भाद्र १४, २०७९ मंगलबार
  • 265
    SHARES
  • एएफसीद्वारा एन्फालाई ७ हजार अमेरिकी डलर जरीवाना

    दौं १४ काठमाडौं । एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ एन्फालाई ७ हजार अमेरिकी डलर जरीवाना गराएको छ ।

    images

    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी दुई पहेँलो कार्ड बोहेरेर सस्पेन्ड भएको अवस्थामा पनि मैदानमा र ड्रेसिङ रुममा छिरेको भन्दै एएफसीले सात हजार अमेरिकी डलर जरीवाना गराएको हो । उनले जोर्डन र कुवेतविरुद्धको खेलमा पहेँलो कार्ड पाएपछि इन्डोनेसियाविरुद्धको खेलमा प्रतिबन्धमा रहेका थिए । इन्डोनेसियाविरुद्धको खेलको पहिलो हाफमा ढिलो मैदान प्रवेश गरेको भन्दै एएफसीले एक हजार डलर जरीवाना गरेको हो ।

    एएफसीको अनुशासन तथा इथिक्स कमिटीको बैठकका अनुसार अनुशासन र इथिक्स विधानको ३४.१ र ३४.३ धाराका आधारमा अलमुताइरीलाई कारबाही गरिएको हो ।

    images

    अखिल नेपाल फुटबल संघलाई एएफसी प्रतियोगिता सञ्चालन नियमावलीको धारा ३.२ उल्लङ्घन गरेकोमा एक हजार अमेरिकी डलर जरीवाना तिर्न आदेश दिइएको छ।’ एएफसीले पहिलो सूचनामा लेखेको छ ।

    त्यस्तै एएफसीको दोस्रो सूचनामा भनिएको छ, ‘अखिल नेपाल फुटबल संघले एएफसी एसियन कप २०२३ को प्रतियोगिता नियमावलीको धारा २१.१ उल्लंघन गरेको भन्दै ६ हजार अमेरिकी डलर जरीवाना तिर्न आदेश दिएको छ ।’

  • सम्बन्धित विषय:

  • # फुटबल