शुक्रबार, आश्विन २३ गते २०८३
images

बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

एक्सप्रेस पाना
भाद्र १४, २०७९ मंगलबार
  • 292
    SHARES
  • बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

    भदौ १४ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले मंगलबार आफ्नो टोलीबाट १० खेलाडी घटाएका छन् । 

    images

    आगामी असोज ११ गते दशरथ रंगशालमा आयोजना हुने बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल लागि उनले ४० खेलाडीबाट ३० जनामा झारेका हुन् । 

    डिफेन्डर देवेन्द्र तामाङ, चिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ बाहिरिएका छन् । यस्तै प्रशिक्षक हुमागाईले मिडफिल्डर पूजन उपरकोटी, राजन गुरुङ र सुवास गुरुङलाई पनि छोडेका छन् भने फरवार्ड जर्ज प्रिन्स कार्की र आशिष चापागाईलाई पनि हटाएका हुन्।

    images

    यस्तो नेपाली टोली
    गोलकिपरः किरण चेम्जोङ, बिकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की

    डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल

    मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, अरिक विष्ट, मनिष डाँगी, सुरज जेउ ठकुरी, सुनील बल, आयुष घलान, सुजल श्रेष्ठ, आभास लामिछाने, सुदीप गुरुङ, संजोग राई, अन्जन विष्ट

    फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, अभिषेक रिजाल, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ

  • सम्बन्धित विषय:

  • # फुटबल