शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लगातार दोस्रो जितसँगै अफगानिस्तान सुपर ४ मा

एक्सप्रेस पाना
भाद्र १५, २०७९ बुधबार
  • 451
    SHARES
  • लगातार दोस्रो जितसँगै अफगानिस्तान सुपर ४ मा

    भदौ १५ काठमाडौं । युएईमा जारी एसिया कप २०२२ क्रिकेटमा अफगानिस्तानले लगातार दोस्रो जितसहित सुपर ४ मा स्थान बनाएको छ ।

    images

    मंगलबार राति सम्पन्न भएको खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तानले सुपर ४ मा स्थान बनाएको हो । बंगलादेशले दिएको १२८ रनको लक्ष्य अफगानस्तानले १८.३ ओभर ३ विकेट गुमाएर पूरा गर्यो ।

    अफगानिस्तानका नाजिबउल्लाह जाड्रानले अविजित रहँदै सर्वाधिक ४३ रन जोडे भने, इब्राहिम जाड्रानले ४१ बलमा ४ चौकासहित अविजित ४२ रन बनाए । हाज्रातुल्लाह जाजइले २३ रन बनाए । 

    images

    बंगलादेशका लागि शकिब अल हसन, मोसाडिक होसेन र मोहम्मद साईफुदिनले १/१ विकेट लिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

    उक्त जितसँगै समूह बी को अफगानिस्तानले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हराएको थियो । अफगानिस्तान अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित बंगलादेश अंकविहीन छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट