एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत साताको पाँचौं खेलमा साउथहम्पटनले चेल्सीलाई पराजित गरेको छ । गएराती सम्पन्न भएको खेलमा साउथहम्पटनले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
साउथहम्पटनको जितमा रोमेओ लाभिया र एडम आर्म्सट्रोङले १/१ गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल रहिम स्टरलिङले गरेका थिए ।
उक्त जितसँगै साउथहम्पटनले यस सिजनमा दोस्रो जित निकालेको छ । उसको साउथहम्पटनको ५ खेलमा २ जित, १ बराबरी र २ हारसँगै ७ अंक भएको छ । यता पराजित चेल्सीको यो यस सिजनमा दोस्रो हार हो । चेल्सीको पनि ५ खेलमा ७ अंक रहेको छ ।
त्यस्तै गएराती भएका अन्य खेलमा क्रिस्टल प्यालेस र ब्रेंटफोर्ड १-१ गोलको बराबरी खेलेका छन् भने लिड्स युनाइटेड र एभर्टनपनि १-१ गोलको बरारी खेलेका छन् । त्यस्तै फुलह्यामले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।



