शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भक्तपुर दरबार स्क्वायरमा टी-२० विश्वकप ट्रफी प्रदर्शनी

एक्सप्रेस पाना
भाद्र १५, २०७९ बुधबार
  • 301
    SHARES
  • भक्तपुर दरबार स्क्वायरमा टी-२० विश्वकप ट्रफी प्रदर्शनी

    भदौ १५ काठमाडौं । भक्तपुरको दरबार स्क्वायरमा आज टी-२० विश्वकप ट्रफी प्रदर्शनीमा राखिएको छ । आज दिउँसो १ बजेसम्म ऐतिहासिक सम्पदास्थल दरबार स्क्वायरमा प्रदर्शनमा राखिएको हो आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको ट्रफी खेलाडी, विद्यार्थीलगायत हजारौँले अवलोकन गरेका छन् ।

    images

    विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिने विश्वकपको सयदिने ट्रफी भ्रमणअन्तर्गत अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने टी-२० विश्वकप ट्रफी नेपालमा ल्याएर भक्तपुर दरबार स्क्वायरमा प्रर्दशन गरिएको हो । ट्रफी नेपालमा दुई दिन राखिने छ ।

    प्रदर्शनीमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान विनोद दास, खेलाडी शरद् भेषवाकर, महबुब आलम, रुबिना क्षेत्री र कलाकार सरोज खनाललगायतको सहभागितामा कार्यक्रमको महत्वमाथि प्रकाश पारिएको थियो । 

    images

    नेपालमा ल्याइएको क्रिकेटको विश्वकप ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने नेपाल क्रिकेट एसोसिएसन क्यानले जानकारी दिएको छ । यसअघि सन् २०१८ मा एक दिवसीय विश्वकपको ट्रफी पनि प्रर्दशनीका लागि नेपाल ल्याइएको थियो ।

    अस्ट्रेलियाको सात सहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट