भदौ १६ काठमाडौं । साविको विजेता म्यान्चेस्टर सिटीले प्रिमियर लिग अन्तर्गत गएराति भएको नोटिङघम फरेस्टविरुद्ध आधा दर्जन गोल गरेको छ ।
घरेलु टोली म्यानचेस्टर सिटीले नोटिङघम फोरेस्टलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा इर्लिंग हालाण्डले ह्याट्रिक पूरा गरेका थिए । प्रिमियर लिगमा हालाण्डको यस सिजनमा यो लगातार दोस्रो ह्याट्रिक हो ।
त्यस्तै सिटीकालागि जुलियन अल्भारेजले दुई गोल गरेका थिए भने जोआओ क्यान्सेलोले एक गोल गरेका थिए ।
उक्त जितपछि म्यानचेस्टर सिटीको ५ खेलमा १३ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै नोटिङघम फरेस्टको भने ५ खेलमा ४ अंक रहेको छ ।



