भदौ १६ काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत पाँचौं साताको खेलमा आर्सनल विजयी भएको छ ।
गएराती सम्पन्न भएको खेलमा घरेलु टोली आर्सनलले पाहुना टोली एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गर्दै यस सिजनमा अपराजित यात्रा जारी राखेको छ ।
घरेलु टोली आर्सनलको जितमा गाब्रियल जिसस र गाब्रियल मार्टिनेलीले १/१ गोल गरेका थिए । यता एस्टन भिलाका लागि डगलस लुइजले एक गोल गरेका थिए ।
उक्त जितसँगै आर्सनले जारी सिजनमा खेलेका पाँच खेलमै शतप्रतिशत जित निकालेको छ । आर्सनलको ५ खेलमा १५ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । यता एस्टन भिल्लाले भने यस सिजनमा चौथो हार बेहोरेको छ । भिल्लाको ५ खेलमा ३ अंक रहेको छ ।



