शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लिभरपुलको पुनरागमन जितमा फाबिओ नायक

एक्सप्रेस पाना
भाद्र १६, २०७९ बिहीबार
  • 501
    SHARES
  • लिभरपुलको पुनरागमन जितमा फाबिओ नायक

    भदौ १६ काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत पाँचौं साताको खेलमा लिभरपुलले न्युक्यासलविरुद्ध पुनरागमन जित निकालेको छ । गएराती सम्पन्न भएको खेलमा लिभरपुलले न्यूक्यासलविरुद्ध २-१ गोल अन्तरले जित निकालेको हो ।

    images

    लिभरपुलको जितमा रोबेर्टो फिर्मिनो र फाबिओ कार्भालहोले गोल गरे । खेलमा १-० गोलले पछि परेको अबस्थामा लिभरपुलले २-१ गोलको जित निकालेको हो । 

    खेलको ९८औं मिनेटमा फाबिओ कार्भालहोले निर्णायक गोल गर्दै जिताएका हुन् । यसअघि न्यूक्यासलले खेलको ३८औं मिनेटमा अलेक्जेन्डर इसकको गोलमा अग्रता लिएको थियो । तर खेलको ६१औं मिनेटमा रोबेर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए ।

    images

    उम्त जितसँगै लिभरपुलले जारी सिजन दोस्रो जित निकालेको छ । ५ खेलमा २ जित, २ बराबरी र एक हारसहित लिभरपुलको ८ अंक रहेको छ । त्यस्तै न्यूक्यासलको भने यस सिजनमा यो पहिलो हार हो । अहिलेसम्म ५ खेलमा एक जित, ३ बराबरी र एक हारसहित न्युक्यासलको ६ अंक रहेको छ ।   

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # इंग्लिस प्रिमियर लिग