भदौ १६ काठमाडौं । इटालियन सिरी ए फुटबल अन्तर्गत युभेन्टसले स्पेजियामाथि सहज जित निकालेको छ । गएराती सम्पन्न भएको खेलमा युभेन्टसले स्पेजियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु टोली युभेन्टसको जितमा दुसान भ्लाहोभिक र अर्काडीउस्ज मिलिकले १/१ गोल गरेका थिए ।
उक्त जित सँगै युभेन्टसको यस सिजनमा दोस्रो जित निकालेको छ । कुल ४ खेलमा २ जित र २ बराबरी खेलेको युभेन्टसको ८ अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।
त्यस्तै स्पेजियाको यस सिजनमा यो दोस्रो हार हो । स्पेजियाको यो खेलपछि एक जित, एक बराबरी र २ हारसहित ४ अंक रहेको छ र लिगमा १३औं स्थानमा छ ।



