शुक्रबार, श्रावण २९ गते २०८३
images
images

हङकङलाई हराउदै भारत सुपर ४ मा

एक्सप्रेस पाना
भाद्र १६, २०७९ बिहीबार
  • 307
    SHARES
  • हङकङलाई हराउदै भारत सुपर ४ मा

    भदौ १६ काठमाडौं । युएईमा जारी एसिया कप २०२२ क्रिकेटमा भारत सुपर फोरमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा हङकङलाई ४० रनले पराजित गर्दै भारत एसिया कपको सुपर ४ मा पुगेको हो ।

    images

    भारतले दिएको १९३ रनको लक्ष्य पछाएको हङकङले २० ओभरमा ५ विकेट गुमाउदै १५२ रन मात्र बनाएपछि खेल भारतले ४० रनले जितेको थियो ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतका लागि सूर्यकुमार यादवले अविजित ६८ र विराट कोहलीले अविजित ५९ रनको मद्धतले २० ओभरमा २ विकेट गुमाउदै १९२ रन बनाएको थियो । 

    images

    उक्त जितसँगै भारतले जारी एसिया कपको समुह ए मा लगातार दोस्रो जित निकालेको छ । भारतले यसअघि पाकिस्तानलाई पराजित गरेको थियो । योसँगै भारत सुपर फोरमा पुग्ने दोस्रो टिम बनेको छ ।

    यसअघि समुह बि बाट अफगानिस्तान लगातार दुई खेल जितेर सुपर फोरमा पुगिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # एसिया कप