भदौ १७ काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आफ्नो पाँचौ साताको म्यानचेस्टर युनाइटेड विजयी भएको छ । योसँगै युनाइटेडले लगातार तेस्रो जित हात पारेको हो ।
बिहिवार राति सम्पन्न भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
पाहुना टोली म्यानचेस्टर युनाइटेडको जितमा खेलको २३औं मिनेटमा जाडोन सान्चोले गरेको एक मात्र गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
जारी सिजनमा सुरुका दुई खेलमा लगातार हर बेहोरेको म्यानचेस्टर युनाइटेडले त्यसपछिका तीन खेलमा लगातार विजयी लयमा फर्किएको छ ।
यस खेलमा पनि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो नियमित ११ मा परेका थिएनन् । उनी खेलको ६८औँ मिनेटमा सब्सटिच्यूटको रुपमा खेलेका थिए । उनि सान्चोको स्थानमा मैदान प्रवेश गरका हुन्
उक्त जितसँगै म्यानचेस्टर युनाइटेडले ५ खेलबाट ९ अंक बनाएर लिगमा पाँचौं स्थानमा रहेको छ ।



