शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बंगलादेशलाई हराउँदै श्रीलंका एसिया कपको सुपर ४ मा

एक्सप्रेस पाना
भाद्र १७, २०७९ शुक्रबार
  • 419
    SHARES
  • बंगलादेशलाई हराउँदै श्रीलंका एसिया कपको सुपर ४ मा

    भदौ १७ काठमाडौं । युएईमा जारी एसिया कप २०२२ क्रिकेटमा श्रीलंका सुपर फोरमा प्रवेश गरेको छ । बिहिवार भएको खेलमा श्रीलंकाले बंगलादेशलाई २ विकेटले पराजित गर्दै सुपर फोरमा पुगेको हो ।

    images

    बंगलादेशले दिएको १८४ रनको लक्ष्य पछाएको श्रीलंकाले १९।२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १८३ रन बनाएको थियो ।

    images

    योसँगै बंगलादेश लगातार दुवै खेलमा हार बेहोरेर एशिया कपबाट बाहिरिएको छ भने समुह बि बाट अफगानिस्तान र श्रीलंका सुपर फोरमा पुगेका छन् ।

    त्यस्तै समुह ए बाट भारत सुपर फोरमा पुगिसकेको छ भने आज हुने पाकिस्तान र हङकङबीचको विजेता टिम सुपर फोरमा पुग्ने छ ।

    सुपर फोरमा हरेक टिमले एक अर्काविरुद्ध एक एक पटक खेल्ने छन् र शिर्ष दुई टिम फाइनल खेल्ने छन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # एसिया कप