शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जीतका लागि नेपालले दुई सय १९ रनको लक्ष्य पायो

एक्सप्रेस पाना
भाद्र १७, २०७९ शुक्रबार
  • 268
    SHARES
  • जीतका लागि नेपालले दुई सय १९ रनको लक्ष्य पायो

    नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको छ ।
     
    केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको केन्याले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै दुई सय १८ रनको योगफल बनाएको हो । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रनको योगदान दिए भने कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० रन जोड्दा सचिन भुडियाले २६ रन बनाए । 
     
    बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले  समान ३÷३ विकेट लिए भने आदिल अन्सारी र पवन शर्राफले १÷१ विकेट हात पारे । नियमित कप्तान सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज गएपछि आजको खेलमा रोहितकुमार पौडेलले नेतृत्व गर्दैछन् । उक्त सिरिजअन्तर्गतको दोस्रो खेल भालि शनिबार र तेस्रो खेल सोमबार हुनेछ । 
     
    यसअघि नेपाल र केन्याबीच भएको पाँच खेलको टी ट्वान्टी सिरिज नेपाल ३–२ ले विजयी भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट