शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफको तयारी पुरा

एक्सप्रेस पाना
भाद्र १७, २०७९ शुक्रबार
  • 366
    SHARES
  • साफको तयारी पुरा

    भदौ १७ काठमाडौं । यहीँ २१ गतेबाट नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ ।

    images

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै महिला साफको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ।

    images

    एन्फाका वरिष्ठ उपाध्यक्ष तथा साफ आयोजक समितिका संयोजक वीरबहादुर खड्काले प्रतियोगिताको सफल आयोजनाका लगी  तयारी पूरा भएको बताए ।

    आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । यस्तै प्रतियोगिता संचालनका लागि अनुमानित कुल बजेट ३ करोड ४७ लाख ६७ हजार ६ सय ८० रुपैयाँ लाग्ने एन्फाले जनाएको छ ।

    प्रतियोगिता संयोजक खड्काले प्रतियोगिताको टिकट र ब्रोडकास्टिङ अधिकार ६५ लाखमा भारतीय कम्पनीमा हन्ड्रेड स्पोर्टसलाई दिईएको जनाए ।  यस्तै प्रतियोगिताको प्रत्यक्ष प्रशारण एपी वान टेलिभिजनले गर्ने एन्फाले जानकारी दिएको छ ।

    प्रतियोगिताका लागि सामान्य प्यारापिटतर्फ ३ सय र भीआईपीतर्फ ५ सयको टिकट दर राखिएको एन्फाले जनएको छ।

    एन्फाले प्रतियोगिताका लागि भुटान र पाकिस्तान नेपाल आईसकेको र अन्य टोली आइतबारसम्म आईपुग्ने जनाएको छ।

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप