एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत छौटौ साताको खेलमा लिभरपुल र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
शनिबार भएको खेलमा घरेलु टोली एभर्टनले पाहुना टोली लिभरपुललाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । खेलमा पटक पटक गोलको लागि प्रयास गरेको पाहुना टोली लिभरपुलले कुनै गोल गर्न सकेन ।
खेलभर बल पोजिसनमा राम्रो पकड जमाएको लिभरपुलले ६१ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो । जसमा कुल २३ सट प्रहार गरेको लिभरपुलले ८ वटा सटवन तार्गेट बनाएको थियो । भने घरेलु टोलीले १४ सट प्रहार गरेको थियो ।
उक्त बराबरी सँगै लिभरपुलले पाँचौ स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट ९ अंक रहेको छ । जसमा २ जित, ३ बराबरी र एकमा हार ब्याहोरेको छ । यता घरेलु टोलीको भने समान खेलबाट ४ अंकसहित १४औं स्थानमा रहेको छ ।



