शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लगातार दोस्रो जितसँगै केन्याविरुद्धको सिरिज नेपालको पोल्टामा

एक्सप्रेस पाना
भाद्र १८, २०७९ शनिबार
  • 215
    SHARES
  • लगातार दोस्रो जितसँगै केन्याविरुद्धको सिरिज नेपालको पोल्टामा

    भदौ १८ काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीय खेलमा पनि सहज जित निकालेसँगै ३ खेलको सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

    images

    नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले केन्यालाई १७ रनले हराएको हो । 

    नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ ओभर ३ बलमा २ सय १४ रनमा अलआउट भयो । केन्याका लागि रकिप पटेलले ८२ रनको अर्धशतकीय इनिङ खेले । कोलिन्स ओबुयाले ३७ तथा नेल्शन ओढीयाम्बोले २८ रन बनाए । जिराल्ड मियोन्डियाले २० रन बनाए । निहिमिया ओढीयाम्बोले १३ तथा ईफ्रान करिमले ८ रन बनाए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामी ३ विकेट लिए । करण केसी,आदिल आलम र पवन सर्राफले समान १/१ विकेट लिए ।

    images

    त्ससअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनायो ।नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले । रोहितले ९५ बलमा ७ चौका प्रहार गरे।यस्तै देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए ।

    ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए । करण केसी ११ रनमा आउट हुँदा आदील आलम सुन्य रनमा अविजित रहे ।

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट