शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नागस्वती भेट्रान्स क्लब 'ए' को विजयी सुरुवात

एक्सप्रेस पाना
भाद्र १८, २०७९ शनिबार
  • 323
    SHARES
  • नागस्वती भेट्रान्स क्लब 'ए' को विजयी सुरुवात

    भदौ १८ हेटौँडा । नागस्वती भेट्रान्स क्लबले आयोजनामा शनिबार देखी सुरु गरेको प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट 'ए' साइड फुटबल प्रतियोगिताको उदघाटन खेलमा आयोजक क्लब नागस्वती भेट्रान्स क्लब 'ए' ले विजयी सुरुवात गरेको छ । शनिबार भएको उदघाटन खेलमा नागस्वती भेट्रान्स ए ले पशुपती भेट्रान्सलाई सुन्यका बिरुद्ध २ गोल गर्दै बिजयी सुरुवात गरेको हो ।

    images

    खेलको २६ औ मिनेटमा नागस्वती भेट्रान्सका तर्फबाट सुलभजंग राणाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने खेलको अन्तिम समयमा राणाले पुनः एक गोल थप गर्दै नागस्वती भेट्रान्सलाई विजयी बनाएका थिए । खेलमा पशुपती भेट्रान्सले गोल गर्ने धेर अवसरहरु पाएपनि उक्त अवसरलाई सदुपयोग गर्न सकेन र पराजित हुनु परेको थियो । प्रतियोगितामा राणानै उत्कृष्ठ खेलाडी घोषित भएका थिए । 

    No description available.

    images

    आजको दोश्रो खेल विजय युथ भेट्रान्स हेटौडा र थापागाँउ भेट्रान्स काठमाडौं बीच हुने तालिका रहे पनि विजय युथले सहभागिता नजनाएपछि थापागाँउ भेट्रान्सले बाई पाउदैं अघिल्लो खेलका लागि अघि बढेको छ । भोली आईतबार ५ खेल हुने आयोजकले जनाएको छ । आईतबार बिहान चितवन भेट्रान्स र जोरपाटी भेट्रान्स बीच पहिलो खेल हुनेछ भने दोश्रो खेल  हेटौडा भेट्रान्स र भुटनदेवी भेट्रान्स बीच हुने तालिका रहेको छ ।

    यस्तै तेश्रो खेल दिउँसो २ बजे काल भैरव भेट्रान्स र अभिषेकचर्च भेट्रान्स नवलपरासी बीच हुनेछ । चौथो खेल भने कोटेश्वर ११ भेट्रान्स र सिमरा भेट्रान्स बीच हुनेछ र आईतबारको अन्तिम खेल ठमेल चिया पप भेट्रान्स र वीरगञ्ज सिटी भेट्रान्स बीच हुने तालिका रहेको छ । खेलमा विधागत नगद पुरस्कार तथा खेल अवधिभर उत्कृष्ठ खेल्ने एकजना खेलाडीलाई ५० हजार नगद पुरस्कार रहेको आयोजकले जनाएको छ ।

    प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका पुर्व राष्टि«य खेलाडीहरुको १८ समुहको सहभागिता रहेको छ । प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको अध्यक्ष सोमबहादुर तितुङले बताए ।

  • सम्बन्धित विषय:

  • # फुटबल