एजेन्सी । इटालियन सिरी 'ए' फुटबल अन्तर्गत पाँचौं साताको खेलमा घरेलु टोली फियोरेन्टिनासँग युभेन्टस बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा युभेनटस १-१ गोलको बराबरीमा राकिएको हो । खेलको ८औं मिनेटमै अर्काडिउस मिलिकको गोलमा अग्रबता बनाएको युभेनटससले उक्त अग्रता पहिलो हाफ भरिमा पनि टिकाउन सकेन् ।
खेलको २८औं मिनेटमा घरेलु टोलीको लागि क्रिश्चियन कोउमे गोल गरि ११ गोलको अबस्थामा फर्काए , त्यसछि खेलको ४३औं मिनेटमा घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो । जसमा लुका जोभिक चुके त्यपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाडे ।
उक्त बराबरी सँगै युभेन्टसले जारी सिजनमा कुल ५ खेलबाट ९ अंक बनाउादै तेस्रो स्थानमा रहेको छ । यता फियोरिन्टसको भने समान खेलबाट ५ अंकसहित १०औं स्थानमा रहेको छ ।



