शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बायर्न म्युनिख बराबरीमा रोकियो

एक्सप्रेस पाना
भाद्र १९, २०७९ आइतबार
  • 463
    SHARES
  • बायर्न म्युनिख बराबरीमा रोकियो

    भदौ १९ काठमाडौँ । जर्मनी बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।

    images

    शनिबार राति भएको खेलमा बायर्न म्युनिख युनियन बर्लिनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

    बर्लिनका लागि खेलको १२औं मिनेटमा शेराल्ड़ोले गोल गर्दै शुरुवाती अग्रता लिएको थियो भने त्यसको तेस्रो मिनेटमा नै जोशुआ किमिचको गोलमा बायर्नम्युनिखले खेल बराबरी गरेको थियो ।

    images

    बायर्नको यो यस सिजनको दोस्रो बराबरी हो । यो खेलपछि बायर्नको ५ खेलमा ३ जित र २ बराबरीसहित ११ अंक भएको छ । त्यस्तै युनियन बर्लिनको पनि ५ खेलमा ३ जित र २ बराबरीसहित ११ अंक नै रहेको छ ।

  • सम्बन्धित विषय:

  • # बुन्डेसलिगा