शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एसिया कप : भारतविरुद्ध बदला लिने दाउमा पाकिस्तान

एक्सप्रेस पाना
भाद्र १९, २०७९ आइतबार
  • 298
    SHARES
  • एसिया कप : भारतविरुद्ध बदला लिने दाउमा पाकिस्तान

    यूएईमा जारी एसिया कप टी२० क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । सुपर फोरअन्तर्गत आज हुने खेलमा समूह ‘ए’ को विजेता भारतले र सोही समूहको उपविजेता पाकिस्तानको सामना गर्नेछ । 

    images

    पाकिस्तान र भारतबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने ८ मा सुरु हुनेछ । सात पटकको विजेता भारत आज जित हात पार्दै सुपर फोरको यात्रालाई सुखद बनाउन चाहन्छ । दुईपटकको विजेता पाकिस्तान पनि जितका साथ सुपर फोरको यात्रा सुरु गर्ने सोचमा छ । 

    एसिया कपको इतिहासलाई हेर्ने हो भने भारत पाकिस्तानविरुद्ध हाबी देखिन्छ । यो प्रतियोगितामा हालसम्म यी दुई टोलीले १५ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा १३ एकदिवसीय र दुई टी२० अन्तर्राष्ट्रिय खेल सामेल छन् ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # एसिया कप