शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नवौं राष्ट्रिय खेलकुद : सुनम गौतमको कप्तानीमा एनआरएनको टोली घोषणा

एक्सप्रेस पाना
भाद्र १९, २०७९ आइतबार
  • 274
    SHARES
  • नवौं राष्ट्रिय खेलकुद : सुनम गौतमको कप्तानीमा एनआरएनको टोली घोषणा

    भदौ १९ काठमाडौं । आगामी असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैरआवसीय नेपाली संघ (एनआरएनए)ले क्रिकेट टिमको घोषणा गरेको छ । गैरआवसीय नेपाली संघ खेलकुद प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गर्दै नवौंका लागि क्रिकेट टिमको घोषणा गरेको हो ।

    images

    एनआरएनले सुनम गौतमको कप्तानीमा टिम घोषणा गरेको हो । यस्तै टिममा मनोज गुरुङ, किरण राना, ज्योति भण्डारी, पृथु बास्कोटा, नविन प्रधान, दिवस गिरि, दिनेश खरेल, रशिम कँडेल, सन्दीप अधिकारी, बासु गिरि,सुनिल श्रेष्ठ,दिपेन श्रेष्ठ,दिपक क्षेत्री,आशिस पोखरेल,गम बहादुर गुरुङ र सागर पुन रहेका छन् ।

    पुरुष क्रिकेट भने भदौ २३ बाट संचालन हुँदैछ । नवौं राष्ट्रिय खेलकुद र नेपाल टी२० लिग एकै समयमा रहेकोले पुरुष क्रिकेट पहिले नै हुने भएको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नवौँ राष्ट्रिय खेलकुद