भदौ १९ काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको उद्घाटन उद्घाटन गर्ने भएका छन् ।
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले उद्घाटन सत्रमा मन्त्री गहतराजलाई निम्तो दिएका थिए जसलाई उनले सहजै स्वीकार गरेको एन्फाले जनाएको छ ।
प्रतियोगिता मंगलबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ । साँझ ५ः३० बजे सुरु हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुन सबै टोली आइपुगेका छन् ।
खेलहरू AP1 टेलिभिजनमा प्रत्यक्ष हुनेछ । भने टिकट Paywell बाट किन्न सकिन्छ।भने



