एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल म्यान्चेस्टर युनाइटेड विजयी भएको छ ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले जारी सिजन उत्कृष्ट लयमा रहेको आर्सनललाई ३-१ गोल अन्तरले हराउँदै लगातार चौथो जित निकालेको छ । यता आर्सनलको भने यो पहिलो हार हो ।
पहिलो हाफमा १-० गोलको अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा थप २ गोल गर्दा एक गोल डेब्यु खेलाडी एन्टोनी सान्तोसले गरे ।
युनाइटेडको जितमा मार्को रास्फोडले दुई गोल गरे भने डेबु खेलाडी उक्त जित सँगै युनाइटेडले १२ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । यता पराजित आर्सनल भने १५ अंकसहित शीर्ष स्थानमा यथावत् रहेको छ ।



