बिकाश भट्टराई, दाङ । भदौ यही आउँदो भदौ २३ गतेदेखि ३० गतेसम्म काठमाडौको टियु र मुलपानी क्रिकेट मैदानमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि राजु रिजालको कप्तानीमा सुदुरपश्चिम प्रदेशले आफ्नो टोलि घोषणा गरेको छ । 
क्रिकेट विधा तर्फ सुदुरपश्चिम प्रदेशले १४ जना क्रीकेट खेलाडीको नाम सार्वजनिक गरेको छ ।
अन्य सबै नाम चलेका खेलाडी मध्य एक जना अछाम जिल्लाका १४ बर्षका युवराज खत्रीले पनि आफ्नो नाम अन्तिम १४ मा पार्न सफल भएका छन् । 



