एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग नयाँ सिजन २०२२/२३ का खेलहरु आज रातिबाट सुरु हुँदैछ ।
आज हुने ८ खेलमा कुल १६ टोलीको प्रतिस्पर्धा रहनेछ । नेपाली समयअनुसार आज राति २ खेल १०:३० बजेबाट सुरु हुनेछ भने बाँकी ६ खेल राति १२:४५ बजेबाट सुरु हुनेछ ।
आजको खेलमा सविको विजेता रियल मड्रिडदेखि युभेन्टस, पिएसजी, डर्टमुन्ड, म्यान्चेस्टर सिटी, चेल्सी, एसी मिलान जस्ता ठूला टोलीको खेल रहेको छ ।
आज राति १०:३० बजेबाट सुरु हुने पहिलो खेलमा जर्मन बुन्डेसलिगा फुटबल क्लब बोरुसिया डर्टमुन्डले एफसी कोबेनहावननको सामना गर्नेछ । उक्ल खेल डर्टमुन्डको घरेलु मैदानमा हुनेछ । यस्तै सोहि समयमा लण्डन क्लब चेल्सीले डिनामो जाग्रेबको समना गर्नेछ । उक्त खेल डिनामोको घरेलु मैदानमा हुनेछ ।
यस्तै अन्य ६ खेल राति
रेड बुल साल्जबर्ग भर्सेस एसी मिलान (१२:४५) बजेबाट
सेल्टिक भर्सेस रियल मड्रिड (१२:४५) बजेबाट
आरबी लाइप्जिप भर्सेस शाख्तर डोनेट्स्क (१२:४५) बजेबाट
सेभिल्ला भर्सेस म्यान्चेस्टर सिटी (१२:४५) बजेबाट
पिएसजी भर्सेस युभेन्टस (१२:४५) बजेबाट
बेन्फिका भर्सेस मक्काबी हाइफा (१२:४५) बजेबाट



