शुक्रबार, श्रावण २९ गते २०८३
images
images

माओवादीले ६० सिट पाउने विश्वास छ : अध्यक्ष प्रचण्ड

एक्सप्रेस पाना
भाद्र २१, २०७९ मंगलबार
  • 448
    SHARES
  • माओवादीले ६० सिट पाउने विश्वास छ : अध्यक्ष प्रचण्ड

    भदौ २१ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (बुधबार) सम्ममा सिट बाँटफाँट टुंगो लगाउने गरी छलफल भइरहेको बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भोलि शीर्ष तहका नेताहरु बसेर सिट टुंगो लगाउने तयारी भइरहेको जानकारी दिएका हुन् । उनले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा पाएको कार्यदललाई आज बेलुकीसम्मको समय दिइएको पनि बताए ।

    images

    माओवादी केन्द्रले पनि ६० सिटमा दाबी गरेको भन्दै उनले त्यसकै वरिपरि सहमति जुट्ने विश्वास व्यक्त गरे । ‘हामीले भनेको त ६० हो, ६० बाट केही तलमाथि होला, तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

    यसैगरी नेपाली कांग्रेसले सुरुमा एक सय सिटमा दाबी गरे ८० सिट आसपासमा सहमति हुने सम्भावना रहेको प्रचण्डले बताए । ‘उहाँहरुले सुरुमा सय भन्नु भएको थियो, तपाईंले सुन्नु भएको थियो तर पछि ८० को वरिपरि आउने सम्भावना बढ्दो छ,’ प्रचण्डले भने ।

    images

  • सम्बन्धित विषय:

  • # प्रचण्ड