काठमाडौँ । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभियालाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले सेभियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा एर्लिंग हालाण्डले २ गोल गरेका थिए भने फिल फोडेन र रुबेन डियाजले एक एक गोल गरेका थिए । यो जितपछि समुह जी मा रहेको म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
त्यस्तै यसै समुहमा रहेको बोरुसिया डोर्टमण्डले गएराती नै कोपनहेगनलाई ३-० गोल अन्तरले पराजित गर्दै ३ अंक हासिल गरेको छ ।
अन्य खेलको नतिजा
रेड बुल साल्जबर्ग (१-१) एसी मिलान
सेल्टिक (०-४) रियल मड्रिड
आरबी लाइप्जिप (१-४ ) शाख्तर डोनेट्स्क
सेभिल्ला (०-४) म्यान्चेस्टर सिटी
पिएसजी (२-१) युभेन्टस
बेन्फिका (२-०) मक्काबी हाइफा
बोरुसिया डर्टमुन्ड (३-०)एफसी कोबेनहावनन
चेल्सी (०-१) डिनामो जाग्रेबको



