शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एसिया कप : भारतलाई हराउदै श्रीलंका फाइनल नजिक

एक्सप्रेस पाना
भाद्र २२, २०७९ बुधबार
  • 321
    SHARES
  • एसिया कप : भारतलाई हराउदै श्रीलंका फाइनल नजिक

    भदौ २२ काठमाडौँ । युएईमा जारी टी२० एसिया कप क्रिकेट प्रतियोगिता २०२२ कपको सुपर फोरमा लगातार दोस्रो हारपछि भारत लगभग प्रतियोगिताबाट बाहिरिएको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले पराजित गरेको हो ।

    images

    भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउदै पुरा गरेको थियो ।

    श्रीलंकाको जितमा ओपनर पथुम निसांका र कुशल मेन्डिसले अर्धशतक बनाएका थिए भने कप्तान दनुस शानकाले अविजित ३३ रन बनाएका थिए ।

    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउदै १७३ रन बनाएको थियो । यो जितपछि श्रीलंकाले लगातार दोस्रो जित सहित हासिल गरेको छ र फाइनलमा आफ्नो स्थान लगभग सुनिश्चित गरेको छ ।

    त्यस्तै भारत भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट लगभग बाहिरिएको छ । भारतले सुपर फोरमा अब अफगानिस्तानको सामना गर्ने छ । भारतले यस अघि सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो ।

    अब एसिया कप अन्तर्गत आज पाकिस्तान र अफगानिस्तानबीच खेल हुदै छ । 

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # एसिया कप