भदौ २२ काठमाडौं । काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले पाकिस्तानलाई हराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतले पाकिस्तानलाई ३-० गालले हराएको हो ।
भारतले पहिलो हाफमै भारतले २-० गोलको अग्रता बनाएको थियो । खेलको २१ औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोलबाट भारतले सुरुवाती अग्रता बनाएको थियो ।
त्यसपछि खेलको २३औं मिनेटमा ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाएकी छिन् । भने खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा भारतको लागि सौम्याले गोल गर्दै ३-० गोलको जित दिलाईन् ।
उक्त जित सँगै समुह ए को भारतले ३ अंक जोडेको छ । भने पाकिस्तान पहिलो खेलमै पराजित भएको छ ।



