एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सीले आफ्ना मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ ।
लगातार खराव प्रदर्शनको कारण चेल्सी टुचेलाई बुधबार बर्खास्त गरेको हो । मंगलबार राति च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा क्रोएसियन क्लब डिनामो जाग्रिवसँग चेल्सी १-० गोलले पराजित भएको थियो ।
चेल्सीले जारी सिजन प्रिमियर लिगमा ६ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । चेल्सीले प्रिमियर लिगमा यो सिजन लिड्स युनाइटेडसँग ३-० ले तथा साउथह्याम्टनसँग २-१ ले पराजित भएको थियो ।
जर्मनीका ४९ वर्षीय प्रशिक्षक टुचेल २६ जनवरी २०२१ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट चेल्सीको मुख्य प्रशिक्षक बनेका थिए । त्यही सिजन उनले चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।
You sent



