शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनआरएनको विजयी सुरुवात 

एक्सप्रेस पाना
भाद्र २३, २०७९ बिहीबार
  • 274
    SHARES
  • एनआरएनको विजयी सुरुवात 

    भदौ २३ काठमाडौं । नवौं राष्ट्रिय खेलकुद २०८९ अन्तर्गत क्रिकेट प्रतियोगितामा एनआरएनए विजयी सुरुवात गरेको छ । 

    images

    शुक्रबार टियु क्रिकेट मैदानमा भएको खेलमा एनआरएनले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गरेको हो । एनआरएनले दिएको ७५ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले ६ ओभरमा ६ विकेट गुमाउँदै ६२ रन मात्रै बनाउन सक्यो । त्यसअघि टियु क्रिकेट मैदानमा एनआरएनएका कप्तान सुनामा गौतमले टस जितेर पहिला ब्याटिङ गरेको थियो । 

    एनआरएनका लागि सागर पुनले सर्वाधिक ४६ रनको योगदान दिए । यस्तै कप्तान सुनामले २४ रन बनाएका थिए । खेल विहान ९:१५ मा हुनु पर्ने थियो । तर वर्षाको कारण निर्धारित समय भन्दा साढे दुई घण्टा ढिलो सुरु भएको हो । खेल ६/६ ओभरमा छोट्याएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट