भदौ २३ काठमाडौं । नेपाल टी२० लिग खेल्ने बाँकी दुई टिमको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले बिहीबार राजधानीमा एक कार्यकम गर्दै नेपाल टि२० लिग खेल्ने बाँकी दुई फ्रेन्चाईज टिम घोषणा गरेको छ।
दुई नयाँ टिममा पोखरा एभेन्जर्स र फारवेस्टर्न युनाईटेड छन् । पोखराका मालिक पोषराज ज्ञवालीले हुन् भने फारवेस्टर्न युनाईटेडको मालिक भने बेलायतको एसआर स्पोर्टस एण्ड मिडिया भेन्चररहेको छ ।
यो सॅंगै नेपाल टि२० लिगको सबै टोलीको घोषणा भएको छ ।



