भदौ २३ काठमाडौंं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछालाई नेपाल क्रिकेट सघं क्यानले राष्ट्रिय टोलीबाट निलम्बन गरेको छ ।नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो । क्यानले प्रेस विज्ञप्ति जारी गर्दै निलम्बन गरेको जनाएको छ ।
क्यानले विज्ञप्तिमा भनेको छ ''नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ति करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठ्माण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ'' ।




