शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला साफ : भुटान र श्रीलंका भिड्दै

एक्सप्रेस पाना
भाद्र २४, २०७९ शुक्रबार
  • 288
    SHARES
  • महिला साफ : भुटान र श्रीलंका भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा प्रतियोगिता २०२२ अन्तर्गत आज शुक्रबार एक खेल हुँदैछ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बेलुका ५:३० बजेबाट सुरु हुनेछ ।

    समूह 'बी' मा रहेको श्रीलंकाको यो पहिलो खेल हो । भुटानको यो दोस्रो खेल हो । पहिलो खेलमा भुटानलाई नेपालले ४-० ले हराएको थियो । सेमिफाइनलको स्थान जीवित राख्न भुटानलाई जित्नैपर्ने दबाब छ ।

    images

    प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

    सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।

    यस्तै समूह 'बी' मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।

    समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ महिला च्याम्पियनसिप