शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सन्दीप सीपीएल छाडेर स्वदेश फर्किँदै, भन्छन् 'म निदोष छु'

एक्सप्रेस पाना
भाद्र २४, २०७९ शुक्रबार
  • 294
    SHARES
  • सन्दीप सीपीएल छाडेर स्वदेश फर्किँदै, भन्छन् 'म निदोष छु'

    भदौ २४ काठमाडौं । निलम्बित नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले सीपीएल छोडेर नेपाल फर्किन लागेको बताएका छन् । बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेको उनले बताए ।

    images

    शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको भन्दै अनुसन्धानमा सघाउने बताए । 

    बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको थियो । नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।

    images

    काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरी बृत्त गौशालामा मंगलबार एक बालिकालाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।

    sandeep ss.png

  • सम्बन्धित विषय:

  • # क्रिकेट