शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लिग विजेता क्लबले पाए ६ महिनापछि पुरस्कार

एक्सप्रेस पाना
भाद्र २४, २०७९ शुक्रबार
  • 287
    SHARES
  • लिग विजेता क्लबले पाए ६ महिनापछि पुरस्कार

    भदौ २४ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग विजेता क्लबहरुलाई पुरस्कार रकम प्रदान गरेको छ । एफाले लिग सकिएको लामो समयदेखि पुरस्कार नपाएका सहिद स्मारक ‘ए’ डिभिजन लिग र ‘बी’ डिभिजन लिगका पुरस्कार प्रदान गरेको हो । 

    images

    एन्फाले शुक्रबार ‘ए’ डिभिजन र ‘बी’ डिभिजन लिगका विजेता टिमलाई उपाधिको पुरस्कारसँगै ‘म्याच मनी’, प्रतियोगिताको उत्कृष्ट खेलाडी र ‘म्यान अफ दी म्याच’ को पुरस्कार वितरण गरेको छ ।

    यसअघि लिग सकिएको लामो समयसम्म पनि पुरस्कार नदिएको भन्दै एन्फाले चर्को आलोचना खेप्नु परेको थियो । एन्फाले ‘ए’ डिभिजन लिग सकिएको ६ महिना र ‘बी’ डिभिजन लिग सकिएको पाँच महिनापछि पुरस्कार रकम वितरण गरेको हो ।

    images

    एन्फाले ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब, दोस्रो भएको त्रिभुवन आर्मी फुटबल क्लबसँगै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका सुनिल बल, उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ र इमर्जिङ प्लेयर चुनिएका दीनेश हेन्जनलाई पनि पुरस्कार रकम दिएको हो ।

    यस्तै, एन्फाले ‘बी’ डिभिजन लिगको पनि लिग विजेता, उपविजेतासँगै ‘म्यान अफ दी म्याच’ र व्यक्तिगत पुरस्कार प्रदान गरेको छ । 

    A Div Clubs.jpg

    B Div Clubs.jpg

  • सम्बन्धित विषय:

  • # फुटबल