भदौ २५ काठमाडौं । काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत आज समूह चरणका दुई खेल हुँदैछ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालमा हुने दिनको पहिलो खेलमा पाकिस्तानले बंगलादेशको सामना गर्दैछ । उक्त दिउँसो १ बजेबाट सुरु हुनेछ । पकिस्तान यस प्रतियोगितामा पहिलो जितको खोजिमा रहकेको छ, भने बंगलादेश लगातार दोस्रो जितको खोजिमा रहेको छ । यसअघिका खेलमा पाकिस्तान भारतसँग ३-० गोलले पराजित भएको थियो । यता बंगलादेशले माल्दिभ्सलाई ३-० गोलले हराएको थियो ।
यस्तै आजै साझँ ५:३० बजे हुने सोहि समूह ए को खेलमा साविको विजेता भारतले मल्दिभ्सको समाना गर्नेछ । भारत लगातार दोस्रो जित निकाल्न चाहन्छ भने माल्दिभ्स बलियो टोलिमाथि रक्षत्मक खेल खेल्न चाहन्छ ।
यता हिजो भएको समूह बि को खेलमा श्रीलंकालाई हराउँदै भुटान सेमिफाइनलमा प्रवेश गरेको छ । उसले साफको इतिहासमै पहिलो पटक जित निकाल्ने क्रममा ५-० गोलको फराकिलो जित निकालेको थियो ।
समूह ुएु मा रहेको भारत र बंगलादेशले समान ३ अंक जोडेको छ । माल्दिभ्स र पाकिस्तान अंक विहीन रहेको छ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरि ७ टोली सहभागि रहेका छन् । जसलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह बी मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।



