शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पाकिस्तानमाथि श्रीलंकाको जित

एक्सप्रेस पाना
भाद्र २५, २०७९ शनिबार
  • 297
    SHARES
  • पाकिस्तानमाथि श्रीलंकाको जित

    काठमाडौँ । जारी एसिया कप अन्तर्गत सुपर फोरको अन्तिम खेलमा श्रीलंकाले पाकिस्तानमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

    images

    पाकिस्तानले दिएको १२२ रनको कम लक्ष्य पछयाएको श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १९.१ ओभरमा अलआउट हुदै केवल १२१ रन बनाएको थियो ।

    images

    योसँगै एशिया कपको सुपर फोर अन्तर्गतका खेल सकिएका छन् ।  अब फाइनल खेल श्रीलंका र पाकिस्तानबीच नै आगामी आइतबार हुने छ ।

    सुपर फोरमा श्रीलंकाले आफ्ना तिनै खेल जितेको छ ।  जसमा अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको थियो भने भारतलाई ६ विकेटले पारजित गरेको थियो ।

    त्यस्तै पाकिस्तानले आफ्ना दुई खेल जितेर फाइनलमा पुगेको छ । पाकिस्तानले भारतविरुद्ध ५ विकेटको जित निकालेको थियो भने अफगानिस्तानविरुद्ध एक विकेटले जितेको थियो ।

    सुपर फोरमा भारतले एक जित हासिल गर्यो भने अफगानिस्तान जित विहिन बनेको थियो ।  

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # एसिया कप