भदौ २५ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा बिन अहमद अल थानीसँग शनिबार दोहामा भेटवार्ता गरेका छन् ।
भेटमा दुई अध्यक्षबीच फुटबलका विषयमा विस्तृत छलफल भएको थियो । एन्फालाई क्युएफएको सहयोग जारी राख्दै दुई फुटबल संघहरू बीचको समन्वय सम्बन्धलाई अझ बलियो बनाउन र विकासका क्षेत्रहरू अन्वेषण गर्ने तरिकाहरूमा ध्यान केन्द्रित गरे ।
यस्तै एन्फा अध्यक्ष नेम्वाङले पनि क्युएफए अध्यक्षबाट मायाको चिनो ग्रहण गरेका थिए । हाल नेम्वाङ कतार भ्रमणमा रहेको एन्फाले जानएको छ ।



