भदौ २५, काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा पहिलो हाफमा पाकिस्तानविरुद्ध बंगलादेशले अग्रता बनाएको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा पाकिस्तानमाथि बंगलादेशले ४-० गोलको अग्रता बनाएको हो । उसका लागि खेलको तेस्रो मिनेटमा मनिका चक्माले गोल गरि अग्रता दिलाईन् । यस्तै खेलको २८औं मिनेटमा सविनाको पासमा मोस्माले गोल गरेपछि बंगलादेशले दुई शूना गोलको अग्रता बनायो ।
यस्तै खेलको ३१औं मिनेटमा सविना खातुनले गोल गरिन् । भने ३५औं मिनेटमा पुन सविनाले गोल गरि ४-० गोलको अग्रता दिलाईान् । तुलनात्मक रुपमा कमजोर देखिएको पाकिस्तानमाथि बंगलादेशले लगातार आक्रमण गरेको थियो ।
समूह ए मा रहेको भारत र बंगलादेशले समान ३ अंक जोडेको छ । माल्दिभ्स र पाकिस्तान अंक विहीन रहेको छ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरि ७ टोली सहभागि रहेका छन् । जसलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह बी मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।



