शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सविनाको ह्याट्रिक गोलमा बंगलादेशको सानदार जित

एक्सप्रेस पाना
भाद्र २५, २०७९ शनिबार
  • 493
    SHARES
  • सविनाको ह्याट्रिक गोलमा बंगलादेशको सानदार जित

    भदौ २५, काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानविरुद्ध बंगलादेशले फराकिलो जित निकालेको छ । 

    images

    त्रिपुरेश्वस्थित दशरथ रंगशालामा शनिबार भएको दिनको पहिलो खेलमा पाकिस्तानमाथि बंगलादेशले ६-० गोलको सानदार जित निकालेको हो । बंगलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् । 

    पहिलो हाफमै ४-० गोलको आरामदायी अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।  

    images

    खेलको तेस्रो मिनेटमा मनिका चक्माले गोल गरि अग्रता दिलाईन् । यस्तै खेलको २८औं मिनेटमा सविनाको पासमा मोस्माले गोल गरेपछि बंगलादेशले दुई शूना गोलको अग्रता बनायो । 
     
    खेलको ३१औं मिनेटमा सविना खातुनले गोल गरिन् भने ३५औं मिनेटमा पुन: सविनाले गोल गरि ४-० गोलको अग्रता दिलाईान् । तुलनात्मक रुपमा कमजोर देखिएको पाकिस्तानमाथि बंगलादेशले लगातार आक्रमण गरेको थियो । यस्तै खेलको ५८औं मिनेटमा सबिनाले गोल गरि जारी साफमा पहिलो ह्याट्रिक गरिन् । ७७औं मिनेटमा रितु प्रर्ना चक्माले गोल गरि बंगलादेशलाई ६-० गोलको फराकिलो जित दिलाईन् । 

    उक्त जितसँगै समूह ए मा रहेको बंगलादेशले लगातार दोस्रो जित निकाल्दै २ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यस्तै सोहि समूहमा ३ अंक रहेका भारत दोस्रो स्थानमा रहेको छ । माल्दिभ्स र पाकिस्तान भने अंक विहीन रहेको छ ।

    प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरि ७ टोली सहभागि रहेका छन् । जसलाई दुई समूहमा विभाजन गरेको छ ।

    समूह ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह बी मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।

    समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ महिला च्याम्पियनसिप