शुक्रबार, श्रावण २९ गते २०८३
images
images

माल्दिभ्समाथि ९-० को सहज जित निकाल्दै भारत सेमिफाइनल

एक्सप्रेस पाना
भाद्र २५, २०७९ शनिबार
  • 526
    SHARES
  • माल्दिभ्समाथि ९-० को सहज जित निकाल्दै भारत सेमिफाइनल

    भदौ २५ काठमाडौं । काठमाडौंमा जारी छैटौं साफ महिला च्याम्पियनसिप फुटबलमा माल्दिभ्समाथि ९-० को सहज जित निकाल्दै भारत समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनल पुगेको छ । भारतसँग पराजित भएसँगै माल्दिभ्स र पाकिस्तान प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् भने बंगलादेश पनि एक खेल अगावै सेमिफाइनल पुगेको छ ।

    images

    शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा भारतको जितमा अन्जु तामाङले चार, ग्रेस दाङमेइले दुई गोल गर्दा सौम्या गुगुलोथ, कास्मिना र प्रियन्गा देवी नाओरेमले एक एक गोल गरे ।

    खेलको २४औं मिनेटमा अन्जु तामाङको गोलबाट भारतले अग्रता बनाएको थियो । खेलको ४३औं मिनेटमा प्रियन्गा देवी नाओरेमले भारतको अग्रता दोब्बर पारिन् । यस्तै, पहिलो हाफको इन्जुरी समयमा अन्जुले भारतका लागि तेस्रो गोल गरिन् ।

    images

    दोस्रो हाफमा पनि अधिकाशं समय माल्दिभ्सलाई दबाबमा राखेको भारतले ५३औं मिनेटमा अग्रतालाई ४-० मा पूर्याएको थियो । भारतकी ग्रेस दाङमेइले टिमका लागि चौथो गोल गरिन् । यस्तै, त्यसको दुई मिनेटपछि भारतले आफ्नो अग्रतालाई ५-० मा पूर्यायो । खेलको ८०औं मिनेटसम्म ५-० को अग्रता बनाएको भारतले बाँकी १० मिनेटमा चार गोल थप्यो ।

    ८४ मिनेट कस्मिानले भारतको अग्रतालाई ६-० मा पूर्याइन् । त्यसको अर्को मिनेटमा अन्जुले ह्याट्रिक गरेपछि भारत ७-० को अवस्थामा पुग्यो ।

    यस्तै, ८६औं मिनेटमा ग्रेस दाङमेइले भारतलाई ८-० को अवस्थामा पूर्याइन् । त्यसको दुई मिनेटपछि अन्जुले व्यक्तिगत चौथो गोल गरेपछि भारतले ९-० फराकिलो जित निश्चित गर्यो ।

    खेलमा उत्कृष्ट प्रदर्शन गरेकी अन्जु तामाङ खेलको ‘प्लेअर अफ दी म्याच’ घोषित भइन् ।

    दुई खेलमध्ये दुवैमा जित निकालेको भारत समूहको शीर्ष स्थानमा उक्लिएको छ । समूहमा बंगलादेशले पनि समान खेलबाट समान अंक जोडे पनि भारत गोलआधारमा शीर्ष स्थानमा छ ।

    शनिबारै भएको पहिलो खेलमा बंगलादेशले पाकिस्तानमाथि ६-० को सहज जित निकालेको थियो ।
    प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरि ७ टोली सहभागि रहेका छन् । जसलाई दुई समूहमा विभाजन गरेको छ ।

    समूह ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह बी मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।

    समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ महिला च्याम्पियनसिप