एजेन्सी । फ्रेन्च लिगवान फुटबलमा साविको बिजेता पेरिस सेन्टर जर्मन पिएसजीले कठिन जित निकलेको छ ।
शनिबार राति भएको खेलमा पिएसजीले ब्रेस्टलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा नेयमारले खेलको ३०औं मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा खेलको ७०औ मिनेटमा ब्रेस्टले पाएको पेनाल्टी गोल गर्न नसकेपछि ब्रेस्टले बराबरी गर्ने अवसर गुमाएको थियो ।
उक्त जितसँगै पिएसजीको ७ खेलमा १९ अंक भएको छ भने ब्रेस्टको ७ खेलमा ५ अंक रहेको छ ।



