एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले काडिजविरुद्ध फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
पाहुना टोली बार्सिलोनाको जितमा फ्र्यांकी डी जोंग, रोबेर्ट लेवानडोस्की, अन्सु फाती र ओसुमान डेम्बेलेले एक एक गोल गरेका थिए ।
उक्त जितसँगै बार्सिलोनाको ५ खेलमा ४ जित र एक बराबरीसहित १३ अंक भएको छ । त्यस्तै काडिजले भने अहिलेसम्म खेलेका पाँचै खेलमा हार बेहोरेको छ ।



