पन्ध्र वर्षीय नेपाली शाश्वत रानाले च्याम्पिएन्स लीग टिम एफसी कोपेनहेगन बाट तीन वर्षको प्रोफेस्नल कन्ट्रयाकट हात पारेका छन् । उनले २०२२ देखि २०२५ सम्म अन्डर १७-अन्डर १९ को लागि कन्ट्रयाकट पाएका हुन् । एफसी कोपेनहेगन क्लबका डेभलपमेन्ट डाइरेक्टर सुने स्मिथ निल्सनकका अनुसार
शाश्वतलाई १९ वर्षसम्म एफसी कोपेनहेगनको सिनियर टिम बाट खेलाउने हिसाबले यो कन्ट्रयाकट दिइएको हो ।
डेनमार्कमै जन्मिएर हुर्केका शास्वोतले ६ वर्षको उमेरदेखि फूटबल खेल्न थालेका हुन् । Hellerup Idraets Klub देखि Lyngby Bold Klub हुदै १४ वर्षमा एफसी कोपेनहेगन आएका रानाले उमेर समुहमा लिभरपुल,चेल्सी,आरबी लाइजिपग,पिएसभी, वेस्ट ह्याम, बायर्न म्युनिख जस्ता टिमहरुसंग खेल खेलिसकेका छन् ।
लेफ्ट विंग ब्याक शास्वोत केहि महिना अघि नेपाल साफ यू२ को क्लोज क्याम्प ट्रेनिंगमा पनि सहभागी थिए । शास्वोतका बुवा विवेक राना नेपालका पूर्व कराते खेलाडी हुन् भने आमा सुशिला हमाल विगत १८ वर्षदेखि डेनमार्कमै एभरेष्ट रेमिटेन्स चलाएर बसिरहेका छन् । शाश्वत २०२० को युथ वर्ल्ड पन्ना च्याम्पियन पनि हुन् । मौका पाए एकदिन नेपालको लागि खेल्ने इच्छा भएको शाश्वत बताउछन् ।



