एजेन्सी । युएईमा जारी टी२० एसिया कप क्रिकेट प्रतियोगिता २०२२ को फाइनलमा आज पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार आइतबार साँझ ७:४५ मा दुबई इन्टरनेशल स्टेडियममा सुरुहुनेछ । पाकिस्तान र श्रीलंका दुबै उपाधि जित्ने सोचमा मैदान प्रवेश गर्नेछन् ।
श्रीलंका सुपर फोरमा अपराजित रहँदै फाइनल खेलेको थियो । पाकिस्तान भने सुपर फोरमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो ।



