शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नवौ राष्ट्रिय खेल : सुदूरपश्चिम विजयी

एक्सप्रेस पाना
भाद्र २६, २०७९ आइतबार
  • 250
    SHARES
  • नवौ राष्ट्रिय खेल : सुदूरपश्चिम विजयी

    भदौ २६ काठमाडौं । राजधानीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गर्दै पहिलो जित निकालेको छ ।
     
    आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम भएको खेलमा सुदूरपश्चिमले प्रदेश नं १ लाई १३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । सुदूरपश्चिमले प्रदेश १ लाई जितका लागि एक सय ४५ रनको लक्ष्य दिएको थियो । जवाफमा प्रदेश १ निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३१ रनमा समेटियो ।
     
    प्रदेश १ का लागि दिपेश कँडेलले अविजित ३४ रन बनाए भने कप्तान फिर्दोस अन्सारीले ३३ रनको योगदान दिए । सोनु मण्डलले अविजित २६ रन बनाउदा सन्दीप ढुङ्गानाले १३ रन बनाए ।
     
    बलिङतर्फ सुदूरपश्चिमका मिलन बोहोराले दुई तथा हेमन्त धामी, नारायण जोशी, नरेन साउद, शेर मल्ल र लोकेन्द्र चन्दले समान १÷१ विकेट लिए ।

    images

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि वसन्त खत्रीले ५३ रनको योगदान दिए भने मिलन बोहोराले ४४ तथा लोकेन्द्र चन्दले २४ रन बनाए ।
     
    प्रदेश १ का कप्तान फिर्दोस अन्सारीले तीन विकेट लिँदा दिपेश कँडेलले दुई विकेट लिए । यस जीतसँगै सुदूरपश्चिमले तीन खेलमा चार अङ्क जोडेको छ । पराजित प्रदेश १ को भने तीन खेलबाट दुई अङ्क रहेको छ । प्रतियोगितामा तीन विभागीय टोली, सात प्रदेश र एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ । 

  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुद
  • # क्रिकेट