शुक्रबार, श्रावण २९ गते २०८३
images
images

श्रीलंकालाई एसिया कपको उपाधि

एक्सप्रेस पाना
भाद्र २७, २०७९ सोमबार
  • 281
    SHARES
  • श्रीलंकालाई एसिया कपको उपाधि

    भदौ २७ काठमाडौं । श्रीलंकाले एसिया कप २०२२ को उपाधि जितेको छ । आइतबार राति सम्पन्न खेलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले हराउँदै एसिया कपको उपाधि जितेको हो ।

    images

    श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा अलआउट हुदै १४७ रन मात्र बनाएपछि श्रीलंकाले खेल २३ रनले जितेको हो ।

    पाकिस्तानका लागि मोहमद रिजवानले ५५ र इफ्तिखर अहमदले ३२ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । पाकिस्तानको ब्याटिंग ध्वस्त बनाउने क्रममा प्रमोद मदुशनले ४ र वनिन्दु  हसरंगाले ३ विकेट लिएका थिए । 

    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ६ विकेट गुमाएर १७० रन बनाएको थियो । श्रीलंकाका लागि भानुका राजापाक्षेले अविजित ७१ रन बनाएका थिए भने वनिन्दु हसरंगाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाएका थिए ।

    उक्त जितसँगै श्रीलंकाले २०१४ पछि पहिलो पटक एसिया कप जितेको छ । साथै श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको छ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # एसिया कप